• ५ साउन २०८३, मंगलबार
  • ३:४७ बेलुका

संविधान र व्यवस्थाप्रति प्रतिबद्ध छौं- गगन थापा

प्रकाशित मिति

२०८१ फाल्गुन २७ गते, मंगलवार ०३:०८

फाल्गुण २७, २०८१ काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले जनता आक्रोशित भएको भन्दै उनीहरु रिसाएको विषयमा सामधान गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले संविधान र व्यवस्थाको रक्षाको लागि कांग्रेस दृढताका साथ उभिएको बताए । आजकै संसदमा विपक्षी दलका नेता पुष्पकमल दाहालले संविधान र लोकतन्त्रप्रति राखेको प्रतिबद्धताको सराहना गरे ।

उनले भने,‘पूर्व प्रधानमन्त्रीज्यू प्रचण्डले यहाँ अहिले राखेको अभिव्यक्ति सुन्ने मौका पाएँ । खासगरी नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रमुख प्रतिपक्ष दलले राखेको प्रतिबद्धताको मेरो पार्टीका तर्फबाट सराहना गर्न चाहन्छु, हामी सबै यो व्यवस्था र संविधानप्रति उत्तिकै प्रतिबद्ध छौँ ।’

Kamana Sewa

थापाले गणतन्त्र आएपछि सबैभन्दा धेरै सरकारमा माओवादी केन्द्र बसेको उल्लेख गर्दै अहिलेको सरकारले गर्दा मात्र अहिलेको अवस्था आएको भन्ने प्रचण्डको भनाईको खण्डन गरेका थिए ।

Classic Tech Desktop

प्रतिकृया