• १ असोज २०८३, बिहीबार
  • ४ः४४ बिहान

सरकारले तोकेकै मूल्य पाउँदैनन् दुग्ध उत्पादक किसान

प्रकाशित मिति

२०८१ फाल्गुन १९ गते, सोमबार १०:२१

फाल्गुण १९, २०८१ काठमाडौँ: दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्यसमेत नपाएको गुनासो गरेका छन्।

National Life

भारतीय सीमा क्षेत्रबाट दुग्धजन्य पदार्थ आएपछि चितवनमा उत्पादित दूधले बजारसँगै मूल्य पाउन नसकेको हो। निजी डेरीहरुले कम मूल्यमा दूध लैजाने गरेको किसानले बताएका छन्।

विकल्प नहुँदा सस्तोमा दूध बिक्री गर्न बाध्य भएको किसान बताउँछन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालले राज्यले चार फ्याट र आठ एसएनएफ भएको दूधलाई कार्यालय सञ्चलान मूल्य बाहेक रु ६५ प्रतिलिटर तोकेकोमा उनीहरुले यस मूल्यमा रु ३ कम गरेर लैजाने गरेको जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

उनले भने, ‘दूधको आयात नरोकिँदा उनीहरुले दूध नलैजाने धम्की दिँदै मूल्य घटाउने गरेका हुन्।’

अहिले दूध र दुग्धजन्य पदार्थ आयात हुँदा सस्तोमा पाउने भएकाले नेपाली किसान मर्कामा परेका हुन। जिल्लामा रहेका एकसय १५ वटा दुग्ध उत्पादक सहकारी संस्थाबाट देशका ४० भन्दा बढी ठूला दुग्ध उत्पादक कम्पनीले दूध लाने गरेको भए पनि राज्यले तोकेको मूल्य भन्दा कममा दूध बेच्न बाध्य भएको उनले बताए।

जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ। जसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्ला बाहिरका उद्योगले खपत गर्ने गरेका छन्। विगत ६ महिनादेखिको दूधको भुक्तानी नपाएका किसानलाई आफूले भनेको मूल्यामा दूध नपाए भोलिबाट दूध लिन आउँदिन भन्ने गरेको उनले भने।

प्रतिकृया