• ५ साउन २०८३, मंगलबार
  • ३:३४ बेलुका

केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि

प्रकाशित मिति

२०८१ फाल्गुन ११ गते, आईतवार ०७:५१

फाल्गुण ११, २०८१ काठमाडौँ: सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि शुरु हुदै छ । आयोजक युवा संघका अनुसार आजदेखि १९ गतेसम्म संचालन हुने यस प्रतियोगितामा ९ टिमले भाग लिइरहेका छन् ।

यस प्रतियोगितामा विभागीय टिम एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिससहित उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी, भुटानको एससी ट्रान्सपोर्ट युनाइटेड मछिन्द्र क्लब, एनआरटी क्लब, संकटा क्लब र केपी ओली एफसी खेल्दै छन् ।

Kamana Sewa

प्रतियोगिताका सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा हुने छ भने त्यसअघिका खेल एन्फा कम्प्लेक्समा हुने छन् ।

Classic Tech Desktop

आज प्रतियोगिताको पहिलो दिन एएफपी र उज्बेकिस्तानको ब्ल्याक बुल्स खेल्दै छन् । एन्फा कम्प्लेक्समा हुने यो खेल अपराह्न ३ बजेदेखि शुरु हुने छ ।

युवा संघले प्रतियोगिताको विजेतालाई १५ लाख ११ हजार १११ नगद पुरस्कार दिने घोषणा गरेको छ भने उपविजेताले ५ लाख पाउने छ ।

त्यसैगरी प्रतियोगिताको भ्यालुवेबल खेलाडीले एक लाख नगद पुरस्कार पाउने छन् ।

प्रतिकृया