• २१ जेठ २०८३, बिहीबार
  • ६:५५ बिहान

आजको मौसम कस्तो रहनेछ?

प्रकाशित मिति

२०८१ फाल्गुन ९ गते, शुक्रबार ०८:२१

फाल्गुण ९, २०८१ काठमाडौँ: काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Kamana Sewa

राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Classic Tech Desktop

सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना तथा उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकोले यसको प्रभाव दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा पर्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिकृया