• ४ साउन २०८३, सोमबार
  • ७:०५ बेलुका

रौतहट जिल्ला अदालतमा प्रभु साहविरुद्ध अवहेलना मुद्दा दर्ता

प्रकाशित मिति

२०८१ माघ २० गते, आईतवार १२:२५

माघ २०, २०८१ काठमाडौँ: आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । शुक्रबार उनीविरुछ रौतहट जिल्ला अदालतमा अदालतको अवहेलना मुद्दा दायर गरिएको हो ।

साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए । अदालतको अपमान गरेको भन्दै सांसद साह उपर बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले गत शुक्रबार मुद्दा दर्ता गराएका हुन् ।

Kamana Sewa

अध्यक्ष शाह र आजपाका महासचिव त्रिभुवन साहविरुद्ध दर्ता भएको सो मुद्दा सुनुवाइका लागि जिल्ला न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासमा पेशी तोकिएको छ । महासचिव साहविरुद्ध परिसरमा ज्यान मार्ने धम्की दिएको आरोप पनि लगाईएको छ ।

Classic Tech Desktop

प्रतिकृया