• ४ साउन २०८३, सोमबार
  • ७:१६ बेलुका

चाडपर्वले सामाजिक सद्भाव कायम गराउँछ : देउवा

प्रकाशित मिति

२०८१ माघ १७ गते, बिहीबार ११:५१

माघ १७, २०८१ काठमाडौँ: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भाव बढाएको बताएका छन् ।

तामाङ समुदायको पर्व ‘सोनाम ल्होसार’ अर्थात् नयाँ वर्षका अवसरमा उनले सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको बताएका हुन् ।

Kamana Sewa

यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्दै सभापति देउवाले पर्व मनाउने सबैमा शुभकामना व्यक्त गरेका छन् ।

Classic Tech Desktop

प्रतिकृया