• ४ साउन २०८३, सोमबार
  • १:२६ बिहान

बाजा, झाँकी, जात्रा र नृत्यमा झुम्यो शँकरापुर

प्रकाशित मिति

२०८१ माघ १७ गते, बिहीबार १२:१६

माघ १७, २०८१ काठमाडौँ: आज शंकरापुर बाजा झाँकी, जात्रा र नृत्यमा झुमेको छ । करिब १६ बर्ष पछी आयोजना भएको ४ दिने शंकरापुर सक्व महोत्सबको उद्घाटनको अबसरमा शंकरापुर झुमेको हो । महोत्सब उद्घाटन अघि बिशाल र्यालीले साँखुको बजार परिक्रमा गर्दा बजारका बासिन्दा मात्रै होइन सालीनदी दर्शन गर्न पुगेका भक्तजन पनि एकछिन रोकिएर र्यालीको मज्जा लिदै गरेको देखिन्थ्यो । किनकी आजको र्यालीमा कुनै नारा थिएन, कसैको समर्थन वा बिरोध थिएन । त्यहाँ थियो त केबल लाखे नाच, परंम्परागत नृत्य, कुमारी रथ यात्रा, कलाकार साहित्यकारहरुको लस्कर, स्थानिय उत्पादनको प्रदर्शनी, मुर्तिकला, चित्रकला, धिमे बाजा, झाँक्रि प्रहसन, नौमती बाजा, तथा बिभिन्न समयमा मनाइने जात्राका प्रतिबिम्बहरु र्यालीमा समोश थिए ।

बागमती प्रदेशका सँस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरी तथा शंकरापुर नगरपालिकाका मेयर रमेश नापितको अगुवाइमा भएको उद्घाटन र्यालीमा साहित्यकारहरु, कलाकारहरु, ९ वटै वडामा रहेका सामुदायीक बिधालयका बिधार्थीहरु, नगलपालिकाका कर्मचारीहरु, उधोग बाण्ज्यिसँघ शंकरापुर, कृषक समुहहरु ल्गायतको सहभागिता थियो ।

Kamana Sewa

नगर प्रमुख नापितको सभापतित्व तथा मन्त्री ठकुरीको प्रमुख आतिथ्यतामा सँम्पन्न भएको औपचारीक उद्घाटन समारोहमा वडा नं ६ का अध्यक्ष नगर प्रबक्त एबँ शंकरापुर सक्व महोत्सब कार्यक्रमका सँयोजक राधाकृष्ण श्रेष्टले स्वगत मन्तब्य राख्नु भएको थियो ।

Classic Tech Desktop

चर्या नृत्य, डाफा भजन, लोक दोहोरी, पन्चेबाजा, नौमतीबाजा, खैजडी भजन लगाएत बिबिध कार्यक्रम भएको उद्घाटन सत्रमा शुभकामना ब्यक्र गर्दै बिशेष अतिथी तथा अतिथीहरुले ऐतिहाँसिक, पौराणिक एबं साँस्कृतीक शहर साँखुले आफ्नो पहिचान गुमाउँदै गएकोमा चिन्ता ब्यक्त गरेका थिए ।

महोत्सब मुल समारोहका समितीका सँयोजक एबँ नगर प्रमुख नापितले त्यहि हराउँदै गएको साँखुको पहिचान फर्काउँदै नब िजबन प्रदान गर्न महोत्सब आयोजना गरिएको बताउनु भयो । साँखुको उेतिहाँसिक बिकास, बज्रयोगिनी तथा मणिचुडको प्रचार नगर भित्रका पर्यटकिय तथा धार्मिक क्षेत्रको प्रबर्धन स्थानिय उत्पादनलाई प्रोत्साहन एबँ सुस्ताएको ब्यबसाय चलायमान बनाउन महोत्सब आयोजना गरिएको बताउनु भयो ।

आज देखी ४ दिन सम्म चल्ने महोत्सब उद्घाटन समारोहलाई प्रमुख अतिथी एबँ बागमती प्रदेश सरकारका सँस्कृती एबँ पर्यटन मन्त्री बिमल ठकुरी, पुर्ब प्रदेस मन्त्री एबँ प्रदेश साँसद राजु बिष्ट, नेपाल चेम्बर अफ कमर्सका निबर्तमान अध्यक्ष राजेन्द्र मल्ल, नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष रक्षक बहादु घलान, नेकपा समाजबादीका नगर अध्यक्ष श्याम कुमार वाइवा लगायतले सँबोधन गर्नु भएको थियो । उक्त कार्यक्रममा लोक दोहो प्रतिष्ठानका कलाकाहरु उपाध्यक्ष द्धवय राधिका हमाल तथा खुमन अधिकारी एबँ सल्लाहकार एबँ इन्द्रेणी कार्यक्रममा सन्चालक कृष्ण कँडेल लगाएतले लोक दोहोरी घन्काएका थिए ।

आयोजकका अनुसार महोत्सब आगामी १९ गते शनिबार सम्म नियमित चलने छ ।

प्रतिकृया