• ४ साउन २०८३, सोमबार
  • ७:०९ बेलुका

अमेरिकामा संबिधान संशोधनको प्रस्ताव पेश

प्रकाशित मिति

२०८१ माघ ११ गते, शुक्रबार ०१:३१

माघ ११, २०८१ काठमाडौँ: डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति भएसँगै अमेरिकामा संविधान संशोधनको तयारी गरिएको छ । यदि यो संशोधन स्वीकृत भयो भने अमेरिकाको राष्ट्रपति पदमा तेस्रो पटक लड्न पाइने व्यवस्था हुने छ ।

अहिले दुई पटक भन्दा बढी राष्ट्रपति हुन नपाइने व्यवस्था रहेको छ । यस संवैधानिक संशोधनबाट वर्तमान राष्ट्रपति ट्रम्पले फाइदा लिन सक्ने देखिएको छ । यो ट्रम्पको दोस्रो कार्यकाल हो र हालको कानून अनुसार उनी तेस्रो पटक राष्ट्रपति बन्न सक्ने छैनन्, तर यदि संविधान संशोधन भयो भने ट्रम्पलाई तेस्रो पटक राष्ट्रपति बन्ने बाटो स्पष्ट हुनेछ ।

Kamana Sewa

अमेरिकाको सत्तारुढ रिपब्लिकन पार्टीका एक सांसदले अमेरिकी संविधानमा संशोधनको माग गर्दै अमेरिकी कांग्रेसमा संयुक्त सदन प्रस्ताव पेश गरेका छन् । संशोधन अन्तर्गत, अमेरिकी राष्ट्रपति तीन पटकसम्म पदमा रहन सक्छन् । यो प्रस्ताव राष्ट्रपति ट्रम्पलाई फाइदा पुर्‍याउने उद्देश्यले ल्याइएको हो । प्रस्ताव प्रस्तुत गर्दै सांसद एन्डी ओगल्सले भने, ‘यो संशोधन पछि, राष्ट्रपति ट्रम्प तेस्रो पटक राष्ट्रपति बन्न सक्षम हुनेछन् र देशलाई बलियो नेतृत्व सुनिश्चित गरिनेछ, जुन हाम्रो देशलाई धेरै आवश्यक छ।’

Classic Tech Desktop

सदनमा विधेयक प्रस्तुत गर्दै कांग्रेस सदस्य एन्डी ओगल्सले भने, ‘यो संशोधनले राष्ट्रपति ट्रम्पलाई तीन कार्यकालसम्म सेवा गर्न अनुमति दिनेछ, जसले गर्दा हाम्रो देशलाई अत्यन्त आवश्यक पर्ने साहसी नेतृत्वलाई कायम राख्न सकौं।’

ओगल्सले ट्रम्पले आफूलाई आधुनिक इतिहासमा हाम्रो देशको पतनलाई उल्टाउन र अमेरिकालाई महानतामा फर्काउन सक्षम एक मात्र व्यक्तिको रूपमा प्रमाणित गरेको बताएका छन् ।

प्रतिकृया