• 2:13 pm

प्रधानमन्त्री ओली पोखरामा, स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन

प्रकाशित मिति

२०८१ माघ ३ गते, बिहीबार ०१:४४

माघ ३, २०८१ काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली पोखरा पुगेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन उनी बिहीबार दिउँसो पोखरा पुगेका हुन् ।

प्रधानमन्त्री ओलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्ट, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारीलगायत उच्चपदस्थ सरकारी अधिकारीहरुले स्वागत गरेका थिए । प्रधानमन्त्री ओली प्रतिष्ठानका कुलपति हुन् । प्रतिष्ठानबाट आज ४३ जना दीक्षित हुँदैछन ।

त्यसअघि प्रधानमन्त्री ओलीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गरेका छन् ।

१७ करोड रुपैयाँको लागतमा बनेका भवनको उद्घाटनपछि उनले नवनिर्मित भवनको निरीक्षण पनि गरेका छन् ।

प्रतिकृया