युद्धविराम कार्यान्वयन हुनुअघि गाजा पट्टीमा इजरायको आक्रमण, २० जनाको मृत्यु
प्रकाशित मिति
२०८१ माघ ३ गते, बिहीबार ०१:००

माघ ३, २०८१ काठमाडौँ: इजरायल र हमासबीच गाजामा युद्धविराम र इजरायली बन्धकहरूलाई रिहा गर्ने सहमति भएपछि पनि आक्रमण जारी छ ।
इजरायली मन्त्रिपरिषद्ले युद्धविराम सम्झौतामा मतदान गर्ने तयारी गरिरहेको बेला गाजा पट्टीमा आक्रमण गरेको हो । हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीले इजरायलले गाजा पट्टीमा हवाई आक्रमण गरेको दाबी गरेको बीबीसीले जनाएको छ ।
सिभिल डिफेन्स एजेन्सीले इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु भएको जनाएको छ । तर, यता अलजजिराले भने इजरायली आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीहरूको मृत्यु भएको दाबी गरेको छ ।
इजरायली सेनाले यस विषयमा अहिलेसम्म केही बोलेको छैन । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म ४६ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।
१५ महिनाको युद्धपछि हमास र इजरायलबीच युद्धविराम सम्झौता भएको छ । गाजामा प्यालेस्टिनीहरूले उत्सव मनाइरहेका छन् । यदि युद्धविराम अनुमोदित भएमा आइतबारदेखि लागू हुनेछ ।
प्रतिकृया