• ५ साउन २०८३, मंगलबार
  • ९:३० बिहान

सभापति देउवाको किर्ते हस्ताक्षर गरी विज्ञप्ति मार्फत भ्रम फैलाउने प्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण

प्रकाशित मिति

२०८१ पुष २९ गते, सोमबार ०२:३०

पुष २९, २०८१ काठमाडौँ: नेपाली काँग्रेसले सभापति शेरबहादुर देउवाको नाममा नक्कली विज्ञप्ति प्रकाशन भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

पार्टी मुख्यसचिव कृष्ण चन्द्र पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धनको सरकारका बारे अन्यौलता सृजना गरी नेपाली जनतालाई दिग्भ्रमित गर्ने कुत्सीत मनसायबाट नेपाली काँग्रेस पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सञ्जालहरूमा सम्प्रेषित भएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

Kamana Sewa

उनले थपेका छन्, ‘हताश मनस्थितिबाट गरिएका यस्ता घृणित कार्यको निन्दा गर्दै त्यस्ता गैर कानुनी कार्यमा संलग्न जो कसैलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग नेपाली काँग्रेस जोडदार माग गर्दछ । साथै, यस्ता भ्रमित गतिविधिबाट प्रभावित नहुन सबैमा नेपाली काँग्रेस अनुरोध गर्दछ ।’

Classic Tech Desktop

प्रतिकृया