• ४ साउन २०८३, सोमबार
  • ८:१८ बेलुका

विपिन फर्किएर आउने कुरामा परराष्ट्रमन्त्री राणा विश्वस्त

प्रकाशित मिति

२०८१ पुष २९ गते, सोमबार ०१:४४

पुष २९, २०८१ काठमाडौँ: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी फिर्ता आउनेमा आफू विश्वस्त रहेको बताएकी छन् ।

सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री राणाले सो कुरा बताएकी हुन् । उनले आफूहरुले विपिनको रिहाइको लागि पहल गरिरहेको र उनी सकुशल रहेको समेत बताइन् । आफूले कतारका राजदूतसँग निरन्तर फोन सम्पर्क गरिरहेको र उनले कतारका परराष्ट्रमन्त्रीसँग कुरा गर्छु भन्ने आश्वासन पाएको बैठकलाई जानकारी गराइन् ।

Kamana Sewa

‘विपिन भाइ सकुशल हुनुहुन्छ, उहाँ फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छु। हामीले रिहाइका लागि पहल गरिरहेका छौं। मैले कतारको राजदूतसँग फोनमा कुरा गरेको थिए। उहाँले कतारको परराष्ट्र मन्त्रीसँग कुरा गराउँछु भन्नुभएको छ,’ उनले भनिन् ।

Classic Tech Desktop

इजरायल–प्यालेस्टाइनको युद्धविरामका लागि मध्यस्तता गरिरहेको कतारमार्फत् नेपाल सरकारले विपिनको रिहाइका लागि पहल गरिरहेको छ ।

प्रतिकृया