• ५ साउन २०८३, मंगलबार
  • ११:२७ बिहान

आज संघीय संसदका पाँच समितिको बैठक बस्दै

प्रकाशित मिति

२०८१ पुष २९ गते, सोमबार ०८:२९

पुष २९, २०८१ काठमाडौँ: आज संघीय संसदका पाँच समितिको बैठक बस्दै छ । आज प्रतिनिधि सभाका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।

त्यस्तै राष्ट्रिय सभाका विद्यायन व्यवस्थापन समिति र सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।

Kamana Sewa

आज बिहान ११ बजेदेखि शुरु हुने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफल हुने कार्यसूची रहेको छ ।

Classic Tech Desktop

त्यस्तै बिहान ११ बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा प्रधानमन्त्रीबाट भएको पछिल्लो वैदेशिक भ्रमण तथा परराष्ट्र मन्त्रालयको आ.ब २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै आज बिहान साढे १० बजेदेखि बस्ने न्याय तथा मानव अधिकार समितिको बैठकमा केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित दफाहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै आज साढे १२ बजेदेखि शुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।

त्यसैगरी आज अपराहन्न १ बजेदेखि शुरु हुने सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्‍ख्या मन्त्रालयसँग छलफल हुने कार्यसूची रहेको छ ।

प्रतिकृया