• 12:30 pm

रवि लामिछाने आइतबार बिहान काठमाडौं अदालतमा हाजिर हुने

प्रकाशित मिति

२०८१ पुष २६ गते, शुक्रबार ०४:१२

पुष २६, २०८१ काठमाडौँ: पोखराको हिरासतबाट रिहा भए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार बिहान साढे ८ बजे जिल्ला अदालत, काठमाडौंमा हाजिर हुने भएका छन्।

रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराले लामिछाने आइतबार बिहानै अदालतमा उपस्थित हुने जानकारी दिएका छन्। उनले भने, “उहाँ सम्बन्धित निकायहरूसँगको समन्वयमा बिहान ८:३० मा काठमाडौं जिल्ला अदालतमा हाजिर हुनुहुनेछ।”

लामिछाने कास्की जिल्लामा आवश्यक कानुनी प्रक्रिया पूरा गरी काठमाडौं प्रस्थान गरेका छन्। यसअघि, जिल्ला अदालत, कास्कीले बिहीबार लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । काठमाडौं अदालतमा उनी स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन सम्बन्धी मुद्दाको कानुनी प्रक्रिया पूरा गर्न हाजिर हुन लागेका हुन् ।

कास्की अदालतबाट रिहा भएलगत्तै प्रहरीले लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको भए पनि उनले स्वयम् अदालतमा उपस्थित हुने प्रतिबद्धता जनाएपछि उनलाई सो सहुलियत दिइएको बताइएको छ ।

प्रतिकृया