• ४ साउन २०८३, सोमबार
  • ४:०० बिहान

रवि लामिछाने आइतबार बिहान काठमाडौं अदालतमा हाजिर हुने

प्रकाशित मिति

२०८१ पुष २६ गते, शुक्रबार ०४:१२

पुष २६, २०८१ काठमाडौँ: पोखराको हिरासतबाट रिहा भए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार बिहान साढे ८ बजे जिल्ला अदालत, काठमाडौंमा हाजिर हुने भएका छन्।

रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराले लामिछाने आइतबार बिहानै अदालतमा उपस्थित हुने जानकारी दिएका छन्। उनले भने, “उहाँ सम्बन्धित निकायहरूसँगको समन्वयमा बिहान ८:३० मा काठमाडौं जिल्ला अदालतमा हाजिर हुनुहुनेछ।”

Kamana Sewa

लामिछाने कास्की जिल्लामा आवश्यक कानुनी प्रक्रिया पूरा गरी काठमाडौं प्रस्थान गरेका छन्। यसअघि, जिल्ला अदालत, कास्कीले बिहीबार लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । काठमाडौं अदालतमा उनी स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन सम्बन्धी मुद्दाको कानुनी प्रक्रिया पूरा गर्न हाजिर हुन लागेका हुन् ।

Classic Tech Desktop

कास्की अदालतबाट रिहा भएलगत्तै प्रहरीले लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको भए पनि उनले स्वयम् अदालतमा उपस्थित हुने प्रतिबद्धता जनाएपछि उनलाई सो सहुलियत दिइएको बताइएको छ ।

प्रतिकृया