• 7:04 am

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८१ पुष १९ गते, शुक्रबार ११:०५

पुष १९, २०८१ काठमाडौँ: आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य २ हजारले बढेको छ । आज सुन तोलामा एक लाख ५३ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि विहिबार सुन तोलामा एक लाख ५१ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि विहिबार चाँदी तोलाको १७९० मा कारोबार भएको थियो ।

प्रतिकृया