• ४ साउन २०८३, सोमबार
  • १:३० बिहान

बालुवाटार प्रधानमन्त्री निवासमा नेपाल जेसिज

प्रकाशित मिति

२०८१ पुष १५ गते, सोमबार ०७:५७

पुष १५, २०८१ काठमाडौँ: इटहरीमा सम्पन्न भएको नेपाल जेसीजको ५१ औं महाधिवेशनबाट विजयी भएकी रजनी थापा सहितको टोलीले आज बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी युवाहरु र जेसिजको बारेमा कुराकानी गरेका छन् । कुराकानीको क्रममा प्रधानमन्त्रीले विजयी टीमलाई शुभकामना र बधाइ दिनुको साथै युवाहरुको क्षेत्रमा आगामी जेसिजको टिमले उल्लेखनीय कार्य गर्ने विश्वास व्यक्त गरे ।

भेटमा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एलिना महर्जन, राष्ट्रिय उपाध्यक्ष दिपक अधिकारी, राष्ट्रिय उपाध्यक्ष अभिषेक दुलाल सहितको टोली उपस्थिति थियो ।

Kamana Sewa

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा ७८२ मत ल्याएर विजयी बनेकी थिइन् । अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी जीवन कार्कीले ४५३ मत प्राप्त गरेका थिए ।

Classic Tech Desktop

जेसीजको कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका थिए ।

उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, सुमित्रा भट्टराई, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी भएका थिए । नेपाल जेसीजको दोस्रो पटकको प्रयासमा निर्वाचित थापा सन् २०११ मा जेसीजको साधारण सदस्यको रूपमा प्रवेश गरेकी थिइन् ।

उनी सन् २०१२ मा उपाध्यक्ष, सन् २०१३ मा कार्यकारिणी उपाध्यक्ष, सन् २०१४ मा कोषाध्यक्ष, सन् २०१५ मा वरिष्ठ कार्यकारिणी उपाध्यक्ष, सन् २०१६ मा तालिम संयोजक, सन् २०१७ मा कार्यक्रम कार्यान्वयन संयोजक, सन् २०१८ मा विजनेश प्रमोसन संयोजक हुँदै सन् २०१९ मा मनहरा जेसीजको अध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन् ।

महाधिवेशनमा पर्यवेक्षक तथा अतिथि समेत गरी करिब ५ हजार बढीको सहभागिता रहेको जनाइएको थियो । महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार उद्घाटन गरेका थिए ।

प्रतिकृया