• ४ साउन २०८३, सोमबार
  • ५:०५ बिहान

नमस्ते पे मार्फत प्रत्येक उडान टिकट खरिदमा रु १५० क्यासब्याक

प्रकाशित मिति

२०८१ पुष १५ गते, सोमबार ११:१२

पुष १५, २०८१ काठमाडौँ: आउँदै गरेको नयाँ वर्ष २०२५ लाई ध्यानमा राख्दै नमस्ते पे ले उडान टिकट खरिदमा आफ्ना प्रयोगकर्ताहरूका लागि आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ।

यो अफर पुस १४ गतेदेखि १८ गतेसम्म उपलब्ध हुनेछ। यस अफर अन्तर्गत नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै १५० रूपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

Kamana Sewa

क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नुपर्दैन। क्यासब्याक हरेक टिकटमा लागु हुनेछ प्रयोगकर्ताहरूले नमस्ते पे मार्फत जति धेरै लेनदेन गर्नेछन् उति नै धेरै क्यासब्याक पाउने कम्पनीको भनाइ छ।

Classic Tech Desktop

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा सुरू गरिएको डिजिटल भुक्तानी सेवा हो। जस अनुरुप *५००# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्नेछन्।

प्रतिकृया