• ५ असोज २०८३, सोमबार
  • ४ः१७ बेलुका

एमएडब्लु वृद्धि चांगानको प्रतिष्ठित ‘सांग्रिला न्यू इनर्जी नीति अवार्ड’ बाट सम्मानित

प्रकाशित मिति

२०८१ पुष १५ गते, सोमबार ११:०७

पुष १५, २०८१ काठमाडौँ: नेपालका लागि चांगान तथा दिपलका फ्यूचरिस्टिक इभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धि अटोकर्प प्रा. लि. चांगानको प्रतिष्ठित सांग्रिला न्यु इनर्जी नीति अवार्डबाट सम्मानित भएको छ।

National Life

विद्युतीय सवारीसाधनको विस्तारमा अद्वितीय योगदान पुऱ्याउनुका साथै नेपाली अटोमोबाइल बजारमा महत्वपूर्ण भूमिका निभाएको भन्दै दोस्रो ठूलो चिनियाँ अटोमोबाइल समूह चांगान एमएडब्लु वृद्धिले यो अवार्डले सम्मानित गरेको कम्पनीले जनाएको छ।

एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाललाई चांगानको हेडक्वार्टर चीनको चोङकिङ प्रान्तमा जारी ‘चांगान ग्लोबल पार्टनर्स कन्फरेन्स’ मा यो अवार्ड हस्तान्तरण गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

हरित र स्मार्ट भविष्यको विकास गर्दै दीर्घकालीन गतिशीलतामा एमएडब्लु वृद्धिको प्रतिबद्धता र नेपालमा इभीको सफल प्रबर्द्धनलाई मध्यनजर गरी यो अवार्ड दिइएको चांगान ग्लोबलले जनाएको छ।

‘यो सम्मानले हाम्रा ग्राहक र साझेदारको विश्वास र साथलाई प्रतिनिधित्व गर्छ,’ अवार्ड ग्रहण गरेपछि एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, ‘हामी सफल र सुधित भविष्यका लागि नेपालमा अत्याधुनिक विद्युतीय सवारीसाधन र दीर्घकालीन समाधान ल्याउन प्रतिबद्ध रहनेछौं।’

दीर्घकालीन भविष्यको नेतृत्व गर्ने चांगानको विश्वव्यापी नीतिलाई अवलम्बन गर्दै एमएडब्लु वृद्धिले फ्यूचरिस्टिक र ग्राहकमैत्री उत्पादनहरुमार्फत नेपालको इभी क्रान्तिलाई अघि बढाइरहेको कम्पनीको दावी छ। चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो जसको एकसय ६२ वर्ष लामो विरासत छ।

कम्पनीका अनुसार ८ महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल इभी अहिलेसम्ममा ६ सय ५० भन्दा बढी विक्री भइसकेका छन्। विशेषता यसको डिजाइन र टेक्नोलोजीका कारण यो ग्राहकको रोजाइमा परेको हो।

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्टोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् जसका कारण यो इभी नेपाल बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको बताइएको छ।

प्रतिकृया