• ४ साउन २०८३, सोमबार
  • ८:१९ बेलुका

रविलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई रास्वपाको आग्रह

प्रकाशित मिति

२०८१ पुष ८ गते, सोमबार ०४:४३

पुष ८, २०८१ काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न रास्वपाले सभामुखलाई अनुरोध गरेको छ ।

रास्वपाका सांसदहरू सन्तोष परियार, सोबिता गौतम र गणेश पराजुलीले सभामुख देवराज घिमिरेलाई आज(सोमबार) सिंहदरवारमा भेटेर सभापति लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न आग्रह गरेका हुन् ।

Kamana Sewa

जवाफमा सभामुख घिमिरेले यसबारे आफूहरु छलफलमा रहेको भन्दै संविधान, कानुन र संसद नियमावली हेरेर निर्णय गर्ने बताएका थिए । रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको छ ।

Classic Tech Desktop

रास्वपा नेताहरुले कांग्रेसका तत्कालीन सांसद टेकबहादुर गुरुङको मुद्दाको उदाहरण दिँदै रविलाई निलम्बन गर्न नमिल्ने तर्क गरेका थिए । विशेष अदालतले गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेपछि उनी संसदबाट निलम्वित भएको सूचना जारी गरेको थियो ।

रवि २ कात्तिकमा पक्राउ परेको र आइतबार मुद्दा दर्ता भएको भनेर जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुख घिमिरेलाई जानकारी गराइसकेको छ ।

प्रतिकृया