• ३१ भदौ २०८३, बुधबार
  • १०ः१६ राती

देवघरमा आयोजित अन्तर्राष्ट्रिय मिथिला सम्मेलनमा डा.राजीव झालाई ‘मिथिला रत्न’ सम्मान प्रदान

प्रकाशित मिति

२०८१ पुष ८ गते, सोमबार ०२:०९

पुष ८, २०८१ देवघर, झारखण्ड : अन्तर्राष्ट्रिय मिथिला सम्मेलन भव्य रूपमा देवघरमा सम्पन्न भएको छ । मिथिला संस्कृतिको संरक्षण र प्रवर्द्धनको उद्देश्यले आयोजित यस सम्मेलनमा नेपालको तर्फबाट सामाजिक कार्यका अतुलनीय योगदान पुर्याएको वापत डा.राजीव झालाई ’मिथिला रत्न’ सम्मान प्रदान गरिएको छ।

National Life

क्लोथ बैंक नेपाल र खुला सिमा संवाद समूहका अध्यक्ष झालाई यो सम्मान मिथिलाञ्चलको सामाजिक सेवा र मानवताका क्षेत्रमा पु¥याएको योगदानका लागि प्रदान गरिएको हो।

सम्मान समारोहमा विद्यापति सेवा संस्थानका अध्यक्ष डा. बैद्यनाथ चौधरी बैजु बाबुले राजीव झाको अथक प्रयास र समर्पणको प्रशंसा गर्दै उनको समाजसेवाले स्थानीय क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याएको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

विशेषगरी गरीबी निवारण, कोभिड महामारीको समयमा निःशुल्क औषधि, अक्सिजन सिलिन्डर, अक्सिजन कन्स्ट्रक्सन उपलब्ध गराउनु, डाक्टरहरूको टोलीमार्फत निःशुल्क सेवा पु-याउनु, सीमावर्ती क्षेत्रका समस्याहरू समाधान गर्ने पहल र नेपाल–भारतको खुला सिमानाका पक्षमा उनले पु¥याएको योगदानलाई उल्लेखनीय मानिएको छ।

कार्यक्रममा बैधनाथधामका सरदार पंडा बैद्यनाथ पंडा, धर्म रक्षणी महासभाका महासचिव, झारखण्ड सरकारका पूर्व मन्त्री राज पलिवार, बेनिपुर विधान सभाका विधायक बिनय कुमार चौधरी,सिएम साइन्स कलेज दरभंगाको प्रीन्सपल दिलिप चौधरी, प्रख्यात साहित्यकार चन्द्रमोहन झा (परवा), प्राध्यापक चन्द्रशेखर झा (बुरहा भाइ), तथा अन्य प्रबुद्ध व्यक्ति, पत्रकार, सरकारी अधिकारी र समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

डा.राजीव झाले सम्मान ग्रहण गर्दै यो उपलब्धि आफ्नो आमा, बुवा, श्रीमती सोनी देवि झा, छोरा, छोरी दाइ, भाउजू, भाइ, बुहारी एबं समस्त परिवार, संस्थाका सम्पूर्ण पदाधिकारी र शुभचिन्तकहरूको सहयोगको परिणाम भएको बताए ।

साथै, उनले आगामी दिनमा अझ प्रभावकारी रूपमा समाजसेवामा समर्पित हुने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

प्रतिकृया