• ५ साउन २०८३, मंगलबार
  • ११:३१ बिहान

एनपीएल : लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम र कर्णाली भिड्दै

प्रकाशित मिति

२०८१ पुष १ गते, सोमबार ०९:४८

पुष १, २०८१ काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदै छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ः१५ बजे सुरु भएकाे सो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।

सुदूरपश्चिम रोयल्सले यसअघिका ६ खेलमध्ये पाँच खेलमा विजयी भएको छ भने एक खेलमा हार बेहोरेको छ । १० अंकसहित तालिकाको पहिलो स्थान कब्जा गरेको सुदूरपश्चिम यसअघि नै प्लेअफ चरणमा प्रवेश गरिसकेको छ ।

Kamana Sewa

कर्णाली याक्सले भने यसअघिका ६ खेलमध्ये चार खेलमा मात्रै विजयी भएको छ । ८ अंकसहित कर्णाली तालिकाको चौथो नम्बरमा छ । आजको खेल सुदूरपश्चिमले जितेमा १२ अंकसहित पहिलो स्थानलाई निरन्तरता दिनेछ ।

Classic Tech Desktop

यस्तै, खेलको नतिजा कर्णालीको पक्षमा आएको खण्डमा कर्णाली प्लेअफमा पुग्नेछ । यदि कर्णालीले हार्‍यो भने काठमाडौं गुर्खाजले प्लेअफमा जाने मौका पाउनेछ । काठमाडौं गुर्खाज पनि ८ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ ।

प्रतिकृया