• ७ असोज २०८३, बुधबार
  • १०ः३१ राती

सिरियाको राजधानी दमास्कस प्रवेश गर्दै विद्रोही

प्रकाशित मिति

२०८१ मंसिर २३ गते, आईतवार ०९:३४

मंसिर २३, २०८१ काठमाडौँ: सिरियाका विद्रोही समूहहरूले हालसम्म हामा, डेराका अधिकांश भाग र तेस्रो ठूलो सहर होम्स कब्जा गरेका छन्। योसँगै विद्रोही समूह राजधानी दमास्कसतर्फ तीव्र गतिमा अघि बढिरहेको छ। “हाम्रा लडाकुहरू राजधानीमा प्रवेश गर्न थालेका छन्,” विद्रोहीहरूले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा लेखेका छन्।

National Life

सीएनएनसँग कुरा गर्दै एक व्यक्तिले विद्रोही लडाकु बर्जेहनजिकै रहेको र त्यहाँ लडाइँ भइरहेको बताएका छन्। उनले भने, “विद्युत बिग्रिएको छ र इन्टरनेट सुस्त गतिमा चलिरहेको छ। मानिसहरू घरबाट बाहिर निस्किरहेका छैनन्।”

समाचार एजेन्सी रोयटर्सले गोलाबारीको डरलाग्दो आवाज सुनिएको र दुई जनासँग कुरा गरेको उल्लेख गरेको छ। तर आवाज कहाँबाट आएको हो भन्ने खुल्न सकेको छैन।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया