• 2:26 pm

एनपीएलमा आज दुई खेल हुदै

प्रकाशित मिति

२०८१ मंसिर २३ गते, आईतवार ०८:३४

मंसिर २३, २०८१ काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदै छन् ।

आज पहिलो खेल जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच हुदै छ । प्रतियोगितामा जनकपुरले अहिलेसम्म खेलेका तिनै खेलमा जित हासिल गरेको छ भने लुम्बिनीले भने तिनै खेलमा हार बेहोरेको छ । यो खेल बिहान ९: १५ बजेदेखि शुरु हुदै छ ।

त्यस्तै आज दोस्रो खेल सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुदै छ । चितवनले अहिलेसम्म ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने सुदूरपश्चिमले भने तिनै खेलमा जित हासिल गरेको छ ।

यो खेल आज अपराहन्न १: १५ बजेदेखि शुरु हुदै छ ।

प्रतिकृया