• १ असोज २०८३, बिहीबार
  • १२ः०१ राती

नारायण गोपालको ३४औँ स्मृति दिवसमा तीन श्रष्टा सम्मानित

प्रकाशित मिति

२०८१ मंसिर २० गते, बिहीबार ०१:५०

मंसिर २०, २०८१ काठमाडौँ: स्वरसम्राट नारायणगोपालको ३४औँ स्मृति दिवसका अवसरमा तीन श्रष्टालाई सम्मान गरिएको छ ।

National Life

नारायणगोपाल संगीत कोषले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी ‘नारायणगोपाल स्मृति सम्मान २०८१’ मार्फत संगीततर्फ संगीतकार बुलु मुकारुङ, गायनतर्फ कुमार बस्नेत र गीत रचनातर्फ शिवशंकर थापालाई सम्मान गरिएको हो ।

स्वरसम्राट नारायणगोपालसँग नजिक रहेका र संगीतमा विशेष योगदान दिएका श्रष्टालाई योगदानको कदरस्वरूप जनही ५१ हजार रुपैयाँ नगद र ताम्रपत्रबाट सम्मान प्रदान गरिएको कोषका अध्यक्ष दीपक केसीले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

“स्वरसम्राट नारायणगोपालको विषयमा हामीले जति चर्चा गरे पनि पुग्दैन”, उनले भने, “अहिलेको पुस्ताले पनि उहाँको गीत मन पराउनाले उहाँको गीतसंगीत कति बुलन्द रहेछ भन्ने प्रस्ट्याउँछ । उहाँले नेपालीलाई कालजयी गीत दिनुभएको छ ।”

अध्यक्ष केसीले बुधबार देशभर उनको सम्झनामा विभिन्न कार्यक्रम पनि भएका जानकारी दिए । उनले धुम्वाराहीमा नारायणगोपाल संगीत कोषले आफ्नो भवन निर्माण गरिरहेको पनि बताए ।

प्रतिकृया