• २१ भदौ २०८३, आइतबार
  • २ः४३ दिउँसो

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटवार्ता, आठ बुँदे सहमतिमा हस्ताक्षर

प्रकाशित मिति

२०८१ मंसिर १८ गते, मंगलवार ११:४३

मंसिर १८, २०८१ काठमाडौँ: चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा आज आयोजित स्वागत गरेका छन् ।

National Life

प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरु पनि सहभागी थिए । प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यहरुलाई परिचय गराएका थिए । चिनिया प्रधानमन्त्रीले पनि आफ्ना अन्य नेताको परिचय गराएका थिए ।

त्यसपछि दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता भएको थियो । दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उनीहरुको उपस्थितिमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

Classic Tech Desktop

प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने छन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर १७ गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ पुगेको हो ।

भ्रमण दलमा प्रथम महिला राधिका शाक्य परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सङ्घीय सांसद्हरु, मुख्यसहित विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत छन् ।

प्रतिकृया