काठमाडौंबाट चितवन पुऱ्याइयो रवि लामिछानेलाई, आजै बयान थाल्ने तयारी
प्रकाशित मिति
२०८१ मंसिर १८ गते, मंगलवार १०:०४

मंसिर १८, २०८१ काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज बिहान काठमाडौँबाट चितवन पुर्याइएको छ ।
चितनवस्थित सहारा चितवन सहकारी ठगी आरोपमा बयान लिन पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई चितवन लगिएको हो ।
चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी भेषराज रिजालले दिएको जानकारीअनुसार लामिछाने केही बेरअघि चितवन अवतरण गरिसकेका छन् ।
चितवनमा पनि रविविरुद्ध उजुरी परेपछि बयानका लागि त्यहाँ लगिएको हो । चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा यही मङ्सिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो ।
काठमाडौंबाट पक्राउ गरेर कास्की पुर्याइएका लामिछानेलाई यसअघि रुपन्देही र काठमाडौंमा लगेर बयान लिइएको थियो ।
यसअघि पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पनि चितवन लगेर बयान गराइएको थियो ।
प्रतिकृया