• 3:24 pm

अवैध लागुऔषधसहित तीन जना पक्राउ

प्रकाशित मिति

२०८१ मंसिर १६ गते, आईतवार ०४:२७

मंसिर १६, २०८१ काभ्रेपलाञ्चोक : अवैध लागुऔषध ब्राउनसुगर सहित तीन जना प्रहरीले पक्राउ गरेको छ ।

धुलिखेल नगरपालिका-९ स्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर करिब ४८ ग्राम सहित काठमाडौं शंखरापुर गाउँपालिका-९ बस्ने २४ वर्षीय अभिषेक राजबाहक समेत ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्युरो काठमाडौं र अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट खटिएको प्रहरीले बा.१५ च २३५६ नम्बरको स्कार्पियोलाई जाँच गर्ने क्रममा उक्त लागुऔषध फेला पारी स्कार्पियोमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया