• 5:00 pm

सिरियाको अलेप्पोमा विद्रोहीले सहर कब्जा गरेपछि रूसको हवाइ आक्रमण

प्रकाशित मिति

२०८१ मंसिर १६ गते, आईतवार १२:१८

मंसिर १६, २०८१ काठमाडौँ: बेलायतस्थित अनुगमन समूह सिरिया अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर)का अनुसार सिरियाका विद्रोही समूहले देशको दोस्रो ठूलो सहर अलेप्पोको अधिकांश भाग कब्जा गरेको छ । यसको जवाफमा रुसले अब अलेप्पोका केही क्षेत्रमा हवाई आक्रमण सुरु गरेको छ । सन् २०१६ यता रुसले अलेप्पोका केही भागमा हवाई हमला गरेको यो पहिलो पटक हो ।

सिरियाली राष्ट्रपति बसर अल-असदको सरकारका समर्थकहरू सरकारी सेना अलेप्पोबाट पछि हटेको भन्दै आक्रोशित छन् । यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराक्ची र रुसका विदेशमन्त्री सर्गेई लाभरोभबीच शनिबार विद्रोहीले अलेप्पो कब्जा गरेको विषयमा फोन वार्ता गरेका छन् ।

उनले यस कब्जाको विरुद्धमा सिरियाली सरकारलाई आफ्नो समर्थन दिएका छन्। “हामीले एलेप्पोको मुद्दामा रसिया, इरान र टर्कीबीच समन्वयको बारेमा कुरा गरेका छौं,” इरानका विदेशमन्त्रीले टेलिग्राममा एक पोस्टमा भने ।

रुसको विदेश मन्त्रालयले वार्तामा भन्यो, “दुवै पक्षले सिरियामा विकास भइरहेको अवस्थाका बारेमा गम्भीर छलफल गरेका थिए र आपसी कारबाहीमा सहमत भएका थिए ।”

सिरियाको विद्रोही समूहले देशको दोस्रो ठूलो सहर अलेप्पोका धेरै क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिकृया