• ४ साउन २०८३, सोमबार
  • ८:४६ बेलुका

बाराको रामराजा क्याम्पस प्रमुखको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ

प्रकाशित मिति

२०८१ मंसिर १३ गते, बिहीबार १२:०६

मंसिर १३, २०८१ काठमाडौँ: गएको जेठ ३२ गते बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय सुरेन्द्र कुशवाहा रहेका जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए । पक्राउ परेका कुशवाहा नेपाली सेनाका पूर्व सिपाही हुन् । उनले १० वर्ष नेपाली सेनामा जागीर खाएर छाडेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Kamana Sewa

‘उनलाई हामीले बुधबार विराटनगरबाट पक्राउ गरेर बारा ल्याएका छौँ,’ डीएसपी सापकोटाले भने, ‘आजै पत्रकार सम्मेलन गरेर हामी उनलाई सार्वजनिक गर्दैछौँ ।’

Classic Tech Desktop

क्याम्पसमाबाट घरतर्फ जाँदै गरेका क्याम्पस प्रमुख कुशावाहामाथि बाराकै आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहाको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

सुरेन्द्रले जग्गा सम्बन्धी विवादमा क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको डीएसपी सापकोटाले जानकारी दिए ।

‘यो घटनामा सुरेन्द्रसहित १७ जनाविरुद्ध किटानी जाहेरी परेको थियो,’ डीएसपी सापकोटाले भने, ‘त्यसमध्ये ८ जना हाल कारागारमा छन् । दुई जना धरौटीमा छुटेका छन् । बाँकी अझै फरार छन् । उनीहरुको खोजी भइरहेको छ।’

प्रतिकृया