• ३१ भदौ २०८३, बुधबार
  • ६ः४० बेलुका

परराष्ट्रमन्त्री राणा मङ्सिर १३ गते चीन जादै

प्रकाशित मिति

२०८१ मंसिर १० गते, सोमबार १२:२६

मंसिर १०, २०८१ काठमाडौँ: परराष्ट्र मन्त्री डा आरजु राणा देउवा जापान जाने कार्यक्रम स्थगित भएको छ। परराष्ट्र मन्त्री राणा स्वास्थ्य उपचारका लागि जापान जाने पूर्वनिर्धारित कार्यक्रम रहे पनि चिकित्सकहरूको समय नमिलेका कारण स्थगित भएको बुझिएको छ ।

National Life

जापान भ्रमण स्थगित भएपछि मन्त्री राणा मंसिर १३ गते चीन जाने भएकी छन् । यसअघि जापानबाटै चीन जाने भनिएकोमा अब सीधै नेपालबाट उनी बेइजिङ उड्नेछिन् । प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् । ओलीको भ्रमणको तयारीस्वरूप उनी १३ गते चीन जान लागेकी हुन् ।

राणा १३ मंसिरमा बेइजिङ प्रस्थान गरेपछि १४ मंसिरमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ताको कार्यक्रम छ । त्यसपछि उनी उतैबाट प्रधानमन्त्री ओलीको नेतृत्वको भ्रमण दलमा सहभागी हुने बताइएको छ । प्रधानमन्त्री ओली मङ्सिर १७ देखि २१ मंसिरसम्म चीन भ्रमणमा जादै छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया