• १ असोज २०८३, बिहीबार
  • १२ः३८ राती

भ्रष्टाचार मुक्त गर्न स्वास्थ्य र शिक्षा निःशुल्क बनाउनु पर्ने सामाजिक विकास मन्त्री खड्गी

प्रकाशित मिति

२०८१ मंसिर ९ गते, आईतवार १०:४८

मंसिर ९, २०८१ भक्तपुर : बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले भ्रष्टाचार मुक्त गर्न स्वास्थ्य र शिक्षा निःशुल्क गर्नु पर्ने बताउनुभएको छ । श्री पद्यम माध्यमिक विद्यालयको १०१ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले समाजको भ्रष्टाचारको जड भनेको स्वास्थ्य र शिक्षा सँग जोडिएर आउने हो । आफ्ना बालबालिकालाई महँगो र राम्रो स्थानका पढाउन चाहनु र स्वास्थ्यका लागि भौँतारिनु पर्दा पनि भ्रष्टाचार मौलाएको हो । यसको निराकरणका लागि बागमती प्रदेशले निःशुल्क शिक्षाका लागि काम गर्दै आएको बताउनुभएको थियो ।

National Life

भविष्य निर्धारण गर्ने भनेको कलम किताबले नै हो सोही कारण यसलाई निःशुल्क बनाउन हामी लागी परेका छौँ उहाँले भन्नुभयो । मन्त्री खड्गीले हाल सिक्दै कमाउँदै कार्यक्रम लागु गर्न लागेको समेत बताउनुभएको थियो । नेपाली विद्यार्थीलाई विदेशी न रोक्न पनि पढ्दै कमाउँदै कार्यक्रम थालनी गरिएको बताउनुभएको उहाँको भनाई थियो ।

ए बा ए आमा पैसा चाहियो भन्ने जमानाका विद्यार्थी अव छैनन् अव मैले आफैले कमाएर पढ्न सके हुन्थ्यो भन्ने छ । यसका लागि कार्यविधि समेत बनी सकेको उहाँले बताउनुभएको थियो । प्रादेशिक विश्व विद्यालयको लागि समेत काम गर्दै आएको उहाँले बताउनुभयो । चलायमान कलेजहरूमा नै यो लागु गरिने समेत उहाँले बताउनुभएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सामुदायिक विद्यालय सुधार भए मात्र समाजमा पूर्ण शिक्षित हुने बताउनुभएको थियो । उहाँले सामुदायिक विद्यालयमा हामी आफ्नो र सामुदायिक विद्यालयका शिक्षकको नै भरोसा कम भएका कारण यस प्रति नकारात्मकता आएको बताउनुभएको थियो ।

उहाँले भक्तपुरका सामुदायिक विद्यालय अन्य जिल्लाका भन्दा अव्वल भएको बताउँदै यसलाई अझ निरन्तरता दिन सबै मिलेर लाग्नुपर्ने समेत बताउनुभएको थियो । कार्यक्रममा बागमती प्रदेशकी पूर्व राज्य मन्त्री रजनी जोन्छे अमात्य, विद्यालय व्यवस्थापन समितिका पूर्व सभापति तिलक प्रकाश कायस्थ, अनन्त धौभडेल लगायत विद्यालयका प्राचार्य राम हाडा लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबु राजा जोशीले गर्नु भएको थियो ।

कार्यक्रममा लामो समय देखि विद्यालयमा अध्यापन गराउनुहुने शिक्षक शिक्षिका तथा कर्मचारीहरूको सम्मान समेत गरिएको थियो । यस्तै कार्यक्रममा विभिन्न शीर्षक अन्तर्गत प्रदान गरिँदै आएको छात्रवृत्ति समेत प्रदान गरिएको र उत्कृष्ट विद्यार्थीहरू खेलाडी तथा अन्यलाई सम्मान समेत गरिएको थियो ।

प्रतिकृया