• ११ असोज २०८३, आइतबार
  • १०ः३१ राती

एमालेको जागरणसभा : भद्रकालीबाट सुरु भएको र्‍याली दरबारमार्ग पुग्यो

प्रकाशित मिति

२०८१ मंसिर ७ गते, शुक्रबार ०२:२४

मंसिर ७, २०८१ काठमाडौँ: नेकपा (एमाले) को आज काठमाडौंमा हुन लागेको जागरणसभाको र्‍याली भद्रकालीबाट प्रारम्भ भई दरबारमार्गमा पुगेर कोणसभामा परिणत भएको छ ।

National Life

र्‍यालीमा ‘अघि बढ, ओली सरकार’, ‘कुप्रचार र गलत सूचना त्यागौँ : तथ्य र सत्यलाई आत्मसात गरौँ’, ‘अराजकता सहिन्नः सहिष्णुता छोडिन्न’, ‘निराशा छोड्ने होः आशा र समृद्धि बाँड्ने हो’, ‘प्रतिगमन र पश्चगमन मानिँदैनः प्रगतिशील र अग्रगमन छाडिँदैन’ लगायतका नारा गुञ्जिएको थियो ।

एमालेको जागरणसभा दरबारमार्गमा पुगेपछि एमाले राष्ट्रिय जनसांस्कृतिक महासंघले गीत गाएर सभालाई स्वागत गरेको छ । सभामा जनसांस्कृतिक महासंघका कलाकार भीमसेन खतिवडाले ‘देश बनाउन ढिला भो, उठौँ साथी हो, समयले कोल्टे फेर्‍यो जुटौँ साथी हो’ बोलको गीत गाउँदै स्वागत गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

सभामा सहभागी हुन अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट र्‍याली आउनेक्रम जारी छ । सभालाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेतागणले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया