• ११ असोज २०८३, आइतबार
  • ६ः१८ बेलुका

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

प्रकाशित मिति

२०८१ कार्तिक ३० गते, शुक्रबार १०:३३

कार्तिक ३० , २०८१ काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२९ मा सहभागी भएर स्वदेश फर्किएका छन् ।

National Life

अजरबैजानबाट कतारको राजधानी दोहा हुँदै राष्ट्रपति पौडेलको टोली शुक्रबार बिहान काठमाडौं आइपुगेको हो । अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल गत सोमबार बाकुतर्फ प्रस्थान गरेको थियो ।

राष्ट्रपति पौडललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष उपसभामुखलगायत उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया