• ६ असोज २०८३, मंगलबार
  • ४ः१४ बेलुका

सिकलसेल उपचारका लागि भेरी अस्पतालमा बेग्लै वार्ड स्थापना हुने

प्रकाशित मिति

२०८१ कार्तिक २१ गते, बुधबार १२:१०

कार्तिक २१ , २०८१ काठमाडौँ: देशको पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रूपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ ।

National Life

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थारु समुदायको प्रमुख स्वास्थ्य समस्याको उपचारका लागि बेग्लै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था गर्ने निर्णय गरेका हुन् ।

ठूलो संख्यामा थारु समुदायमा समस्या देखिए पनि यसको उपचारका लागि पर्याप्त व्यवस्था हुन सकेको छैन । यस्तोमा मन्त्री पौडेलले भेरि अस्पताल नेपालगन्जमा हेमोग्लोविनोप्याथी वार्ड स्थापनाको निर्णय गर्दै भर्ना हुने बिरामीहरूका लागिसमेत व्यवस्था गराउने निर्णय गरेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री पौडेलले गत महिना सिकलसेल उपचार सम्बन्धमा अभियन्ता उज्वलविक्रम थापा, थारु अधिकारकर्मीलगायतको टोलीसँग समुदायको समस्याबारे जानकार रहेको भन्दै यसका लागि केही व्यवस्था गर्ने घोषणा गरेका थिए ।

सोहीअनुरुप थारु समुदायलाई पायक पर्ने र अधिक बसबोबास रहेको क्षेत्रलाई लक्षित गरी भेरि अस्पतालमा वार्ड स्थापनाको निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।

थारु समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेलबाट समुदायका झन्डै १२ प्रतिशत नागरिक प्रभावित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक आँकडाले देखाएको छ ।

पश्चिम तराई बाँके, बर्दिया, कैलाली कञ्चनपुर लगायतका भु-भागमा बसोबास गर्ने थारु समुदायका नागरिकहरू सिकल सेल रोगबाट बढी प्रभावित पाइएको छ ।

विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका। बमोजिम सिकलसेल एनिमिया रोग लागेका बिरामीहरूलाई शल्यक्रिया, औषधी तथा औषधीजन्य समाग्री, थप निदानात्मक सेवा शय्या सेवा शुल्क आदिको लागि १ लाख रुपैयाँ सम्म खर्चको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिकृया