• ६ असोज २०८३, मंगलबार
  • ७ः४५ बेलुका

कीर्तिपुर मेयरमा माओवादीले प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाउने

प्रकाशित मिति

२०८१ कार्तिक २० गते, मंगलवार १२:१६

कार्तिक २० , २०८१ काठमाडौँ: नेकपा (माओवादी केन्द्र) ले कीर्तिपुर नगरपालिकाको मेयरका लागि हुन लागेको निर्वाचनका लागि उम्मेदवार घोषणा गरेको छ । सोमबार बसेको कीर्तिपुर नगर समितिको बैठकले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मेयरमा प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार घोषणा हो ।

National Life

पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेशका इन्जार्ज अग्निप्रसाद सापकोटाको उपस्थितिमा महर्जनलाई सर्वसम्मतले उम्मेदवार चयन गरेको हो ।

यसअघि नेकपा (एमाले)ले पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरलाई आफ्नो उम्मेदवार घोषणा गरिसकेको छ । नेपाली कांग्रेसले उम्मेदवारको नाम सिफारिस गरेर बागमती प्रदेश कार्यसमितिमा पठाएको जनाएको छ । यद्यपी उम्मेदवारको घोषणा हुन भने बाँकी नै छ ।

Classic Tech Mobile
Classic Tech Desktop

राप्रपाले पनि आफ्नो उम्मेदवार घोषणा गरिसकेको छ । राप्रपाले ध्रुव महर्जनलाई कीर्तिपुरको मेयरमा उम्मेदवार बनाउने घोषणा गरेको हो ।

कीर्तिपुरमा मेयर र दुई वडाध्यक्ष पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको कार्यक्रम तोकिएको छ ।

प्रतिकृया