• ६ असोज २०८३, मंगलबार
  • ३ः३० दिउँसो

आजदेखि छठका लागि कुटान पिसान सुरु

प्रकाशित मिति

२०८१ कार्तिक १९ गते, सोमबार ०२:०८

कार्तिक १९ , २०८१ काठमाडौँ: महोत्तरीसहित मिथिलाञ्चल तथा तराई मधेसमा आजदेखि छठ पर्वका लागि कुटान पिसान सुरु भएको छ । छठ पर्वमा गहुँ र चामलका विभिन्न पकवान बनाएर चढाउने चलन रहेकाले सोही पकवान पकाउन आजदेखि कुटान पिसान सुरु गरेका हुन् ।

National Life

तराई मधेसमा गोधन पर्व सम्पन्न भइसकेपछि छठ पूजाका लागि कुटान पिसान सुरु गर्ने परम्परा छ । आइतबार तराई मधेसमा गोधन पर्व सम्पन्न गर्दै आजदेखि छठ पर्वको कुटान पिसान सुरु गरिएको जलेश्वर नगरपालिका–८ की बर्तालु राजवती देवीले बताइन् ।

यसका साथै छठ पर्वका लागि घरघरमा आज बिहान अरबा चामल र चुनिएको गहुँ धोइपखाली सुकाएर आजैदेखि चामल तथा गहुँ कुटान पिसान गरी पिठो तयार गरिने पनि बताइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

चोखो र शुद्धताको पर्व मानिएको छठ व्रतका लागि कुटान पिसान गरिने चामल र गहुँ घर, आँगन वा टोल छिमेकमा रहेको ढिकी तथा जाँतोमा पिस्ने परम्परा छ । तर अहिले ढिकी र जाँतो अभाव हुन थालेपछि कतैकतै मिलमा पनि कुटान पिसान गरिन थालेको जलेश्वर–६ की विनिता देवीले बताइन् ।

प्रतिकृया