• ७ असोज २०८३, बुधबार
  • १०ः२९ राती

रवि लामिछानेविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा

प्रकाशित मिति

२०८१ कार्तिक ४ गते, आईतवार ०४:५८

कार्तिक ४ , २०८१ काठमाडौँ: सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध वादी र प्रतिवादी दुवै पक्षको बहस सकिएको छ ।

National Life

म्याद थपका लागि आज लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा बहस भएको हो ।

दुवै पक्षको बहस सकिएसँगै हिरासतमा राखेर अनुसन्धान गर्ने वा बाहिर राखेर अनुसन्धान गर्ने भन्ने विषयमा निर्णय हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

लामिछानेलाई शुक्रबार प्रहरीले काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको थियो । शनिबार बिहान ३ बजे कास्की प्रहरीको जिम्मा लगाइएकोमा आज मात्रै अदालतमा उपस्थित गराइएको हो ।

प्रतिकृया