• ६ असोज २०८३, मंगलबार
  • ४ः२४ बेलुका

लामिछाने पक्राउ बारे सूचना प्रकाशित गर्दै संसद सचिवालयले दियो जानकारी

प्रकाशित मिति

२०८१ कार्तिक ३ गते, शनिबार ०४:४७

कार्तिक ३ , २०८१ काठमाडौँ: संघीय संसद सचिवालयले सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेको विषयमा सूचना प्रकाशित गर्दै जानकारी गराएको छ ।

National Life

संसद सचिवालयले चितवन-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सदस्य रबि लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमति बमोजिम फौजदारी कसूरको अनुसन्धानको क्रममा पक्राउ गरिएकोले नेपालको संविधानको धारा १०३ को उपधारा (६) बमोजिम जिल्ला प्रहरी कार्यालय, कास्की, अपराध अनुसन्धान तथा कारवाही शाखाले जानकारी गराएको उल्लेख गर्दै प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (२) को प्रयोजनको लागि यो सूचना प्रकाशन गरिएको जनाएको छ ।

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (२) मा संसद बैठक नचलेको अवस्थामा सांसद पक्राउ परेमा सचिवालयको सूचना पाटीमा टाँसेर सार्बजनिक गर्नुपर्ने व्यवस्था रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

लामिछानेलाई सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धान गर्न अदालतले पक्राउ अनुमति दिएसँगै शुक्रबार साँझ बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो । उनलाई अहिले पोखरा पुर्याइएको छ भने आइतबार अदालतमा पेश गर्ने जानकारी दिइएको छ ।

प्रतिकृया