• 2:41 pm

गौशाला धर्मशाला तत्काल खाली नगराउन अदालतको अल्पकालीन अन्तरिम आदेश

प्रकाशित मिति

२०८१ कार्तिक ३ गते, शनिबार ०९:००

कार्तिक ३ , २०८१ काठमाडौँ: उच्च अदालत पाटनले पशुपति गौशाला धर्मशाला विवादमा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डाल कुमार खड्काको एकल इजलासले तत्काल धर्मशाला खाली नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।

काठमाडौं महानगरले धर्मशाला खाली गराउन खोजेपछि मारवाडी सेवा समितिले उच्च अदालतमा पशुपति क्षेत्र विकास कोषसमेत १५ जनालाई विपक्षी बनाइ रिट दायर गरेको थियो ।

बिहीबार मात्रै संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मारवाडीको कब्जामा रहेको पशुपति गौशाला धर्मशाला खाली गराउने कार्य तत्काल रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका थिए ।

प्रतिकृया