• ९ असोज २०८३, शुक्रबार
  • ६ः५४ बिहान

पाकिस्तानको कराँची विमानस्थलनजिकै विस्फोट, दुई चिनियाँ नागरिकको मृत्यु

प्रकाशित मिति

२०८१ आश्विन २१ गते, सोमबार ०९:०१

असोज २१ , २०८१ काठमाडौँ: पाकिस्तानको कराँचीस्थित अन्तर्राष्ट्रिय विमानस्थलनजिकै आइतबार राति भएको विस्फोटमा दुई चिनियाँ नागरिकको मृत्यु भएको छ । यस घटनामा एक चिनियाँ नागरिक पनि घाइते भएका छन् ।

National Life

यस घटनामा चीनले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पाकिस्तानको कराँची अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको आतंकवादी हमलामा हाम्रा दुई नागरिकको मृत्यु भएको छ ।’ चिनियाँ दूतावासले पनि आफ्नो विज्ञप्तिमा धेरै स्थानीय घाइते भएको उल्लेख गरेको छ ।

यस घटनाको जिम्मेवारी पाकिस्तानको पृथकतावादी समूह ‘बलोच लिबरेशन आर्मी’ले लिएको छ । समूहले चिनियाँ इन्जिनियर र लगानीकर्तालाई निशाना बनाएको बताएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

घटनास्थलमा पुगेका कराँची प्रहरीका प्रवक्ता गुलाम महेसरले पत्रकारहरूलाई भने कि विस्फोटले इन्धन ट्याङ्करमा पनि आगो लगाएको छ र नजिकैका धेरै सवारीसाधनहरू जलेको छ ।

यो घटनापछि सांघाई सहयोग संगठनका नेताहरुको शिखर सम्मेलन आयोजना गर्ने तयारीका कारण पाकिस्तानमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिकृया