• ८ असोज २०८३, बिहीबार
  • ३ः४१ राती

बढ्यो बैंकहरूको निष्क्रिय कर्जा,कुन क्षेत्रको कति ?

प्रकाशित मिति

२०८१ आश्विन ७ गते, सोमबार १०:२६

नेपाल राष्ट्र बैंकको तथ्यांकले बैंक तथा वित्तीय क्षेत्रमा हाल निष्क्रिय कर्जा (एनपिएल) को बढ्दो ट्रेन्डलाई प्रष्ट संकेत गरेको छ । बैंकको तथ्यांकले अघिल्ला वर्षहरुको तुलनामा चालु आवमा पनि यस्तो कर्जाको बढ्दो ट्रेन्डलाई प्रष्ट संकेत गरेको हो ।

National Life

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन मसान्तसम्म सञ्चालनमा रहेका बैंक तथा वित्त संस्थाहरुबाट कुल ५१ खर्ब ६५ अर्ब १३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। जसमा औसतमा ३.८६ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । यसरी हेर्दा निष्क्रिय कर्जामात्रै १ खर्ब ९९ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ रहेको देखिएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले कुल ४८ खर्ब ५७ करोड १३ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गर्दा ३.०२ प्रतिशत अर्थात १ खर्ब ४६ अर्ब ६८ करोड ५४ लाख रुपैयाँबराबर निष्क्रिय कर्जा थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

चालु आर्थिक वर्षको साउन महिनासम्ममा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा १ खर्ब ७१ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। जुन गत वर्षको तुलनामा ४३ अर्बले बढी हो। विकास बैंकहरूको निष्क्रिय कर्जा १८ अर्ब ८ करोड रुपैयाँ रहेको छ, जुन कुल कर्जाको ३.६२ प्रतिशत हो। यो अघिल्लो वर्षको तुलनामा ६ अर्बले बढी हो।

यस्तै, फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा पनि उल्लेख्य रूपमा बढेर ९.८७ प्रतिशत पुगेको छ। जुन गत वर्षको तुलनामा २ अर्ब ८४ करोड रुपैयाँले बढी हो।

प्रतिकृया