• 7:28 pm

दसैँको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुल्ने

प्रकाशित मिति

२०८१ आश्विन ६ गते, आईतवार ११:४६

असोज ६, २०८१ काठमाडौँ : सरकारले दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ यही असोज १२ देखि खृोल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिबीच बैठक बसेर अग्रिम टिकटको निर्णय भएको हो ।

यसअघि यातायात व्यवसायीहरुले भाडा समायोजन लगायत माग गर्दै बुकिङ खोल्न मानिरहेका थिइएनन् । तर मन्त्री दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागका सम्बन्धमा सातबुँदे निर्णय गरेपछि अग्रिम बुकिङ खुलाउन व्यवसायीहरु सहमत भए । यद्यपि भाडा समायोजन भने छठ पर्वपछि मात्रै गरिने सहमति भएको ।

शनिबारको बैठकले सडक विभाग अन्तर्गन पर्ने अवरुद्ध भएका र खाल्डाखुल्डी भएका सबै सडक घटस्थापनाअघि नै मर्मतसम्भार गर्न निर्देशन समेत दिएको छ । यसबारे विभागसँग थप छलफल गरिने बताइएको छ । यस वर्ष घटस्थापना असोज १७ गते परेको छ । तर अग्रिम टिकट बुकिङको समय कम हुँदा यात्रुलाई चाप पर्ने देखिएको छ । विगतमा १ महिना अगावै बुकिङ खोल्ने गरिएकोमा पोहोर र यस साल भने घटस्थापनाको पाँच–साथ दिन अघि मात्रै खोलिएको छ ।

प्रतिकृया