• 4:29 pm

बहुमतले पारित भयो सुदूरपश्चिम प्रदेश सरकारको बजेट

प्रकाशित मिति

२०८१ आश्विन ६ गते, आईतवार १२:५७

असोज ६, २०८१ काठमाडौँ : सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ । आइतबार बिहान बसेको प्रदेशसभाको बैठकले चालु आर्थिक वर्ष २०८१ र ०८२ को बजेट पारित गरेको हो ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले ३१ भदौमा चालु आर्थिक वर्ष २०८१र८२ को बजेट प्रदेशसभामा पेस गरेका थिए । थापाले प्रदेशसभामा प्रस्तुत गरेको बजेटको कुल अंक भने ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रहेको छ । चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख ५ हजार र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार बजेट विनियोजन गरिएको छ ।

त्यसअघि तत्कालीन दीर्घ सोडारी नेतृत्वको सरकारले असार १ मा प्रदेशसभामा पेस गरेको बजेट पारित नभएपछि उक्त बजेटलाई परिमार्जन गर्दै आर्थिक वर्ष सुरु भएको ६३ दिनपछि नयाँ बजेट ल्याइएको थियो ।

प्रतिकृया