• ५ असोज २०८३, सोमबार
  • २ः१९ दिउँसो

मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार सहित ६ जना पक्राउ

प्रकाशित मिति

२०८१ आश्विन ६ गते, आईतवार ११:२६

असोज ६, २०८१ काठमाडौँ : नेपाल प्रहरीले ठुलो परिमाणमा नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार ४३० सहित ६ पक्राउ गरी सार्वजनिक गरेको छ ।

National Life

पत्रकार सम्मेलनमार्फत पक्राउ परेका ६ जनालाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट औषधिजन्य मनोद्विपक पदार्थ विरुद्ध सञ्चालन गरिएको विशेष प्रहरी कारबाहीको क्रममा ठुलो परिमाणसहित नियन्त्रित मनोद्विपक पदार्थको कारोबारमा संलग्न गिरोह मध्यका ६ जनालाई पक्राउ गरेको बताए ।

प्रतिकृया