• ६ असोज २०८३, मंगलबार
  • ४ः१९ बेलुका

कोसीका तीन दलले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने

प्रकाशित मिति

२०८१ आश्विन २ गते, बुधबार ११:१२

असोज २ , २०८१ विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राप्रपा र नेकपा एकीकृत समाजवादीले विश्वासको मत नदिने भएका छन् ।‌ कार्कीले प्रदेशसभामा आज विश्वासको मत लिँदै छन् ।

National Life

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्कीले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धन परिवर्तन भएसँगै कोसी प्रदेशमा गएको साउन ११ गते माओवादी सरकारबाट बाहिरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने राप्रपा संसदीय दलले निर्णय गरेको छ ।‌ यस्तै समाजवादीले पनि मत नदिने बताइएको छ ।‌ माओवादी केन्द्रले यसअघि नै मत नदिने निर्णय गरिसकेको छ ।

कोसी प्रदेशसभामा विपक्षमा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् ।

सत्तापक्षमा एमालेका ४० सांसद र कांग्रेसका २९ सांसद छन् । कार्की गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले पहिलो पटक गत वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।

प्रतिकृया