• ६ असोज २०८३, मंगलबार
  • ३ः३७ दिउँसो

नेपाल मानव धर्म सेवा समितिद्धारा राष्ट्रव्यापी शिक्षा अभियान वितरण कार्यक्रम – २०८१ सम्पन्न

प्रकाशित मिति

२०८१ भाद्र २८ गते, शुक्रबार ०१:१६

भदौ २८ , २०८१ काठमाडौँ: ‘ज्ञान विज्ञानसँगैको मौलिकता, लक्ष्य हाम्रो शिक्षित बालबालिका’ भन्ने मुलनाराका साथमा नेपाल मानव धर्म सेवा समितिले राष्ट्रव्यापी शिक्षा अभियान वितरण कार्यक्रम – २०८१ सम्पन्न गरेको छ।

National Life

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर शुरु गरिएको अभियान अन्तर्गत समितिले देशका विभिन्न स्थानमा ५ हजार भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । समितिले ४६ विद्यालयका आर्थिक विपन्नता भएका देशभरीका ५ हजार ८० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

शिक्षाको घामबाट कुनै पनि बालबालिकाले वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले बताउनुभएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

शहरी क्षेत्रमा रहेका विद्यार्थीहरुबाट शैक्षिक सामग्री संकलन गरी दुर्गम क्षेत्रमा रहेका बालबालिकाहरुलाई वितरण गरिएको समितिका केन्द्रीय सङ्गठन उप सचिव सन्ताेष पराजुली बताउनुहुन्छ । उहाँका अनुसार शहरमा भएका बालबालिकाहरुले शैक्षिक सामग्रीको अभावमा पढाई छोड्नुपर्ने बाध्यता छैन । तर दुर्गम क्षेत्रका कतिपय बालबालिकाहरु शैक्षिक सामग्री अभावकै कारण पढाई छोड्न बाध्य छन् । चाहे अनुसार आफ्नो पढाईलाई अगाडि बढाउन सकिरहेका छैनन् । यहि अभाव पूरा गर्न समितिले शैक्षिक सामग्री वितरण गरिरहेको हाे ।

उनीहरुको पढाईलाई थोरै भए पनि सहयोग गर्नका साथै उनीहरुको पढाइमा सहयोगी हातहरुको कमी छैन भन्ने सन्देश दिन बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको पनि समिति‌ अन्तर्गत रहेकाे युवा सङ्गठनका राष्ट्रिय सम्याेजक राजिव पौडेलले बताउनुभएको छ ।
समितिले सन् २०१४ देखि नियमित रुपमा विभिन्न अवसर पारेर बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्दै आएको छ ।

प्रतिकृया