• ८ असोज २०८३, बिहीबार
  • ७ः५२ बेलुका

कोसी सरकारमा कांग्रेस सहभागी, यी मन्त्रीले लिए शपथ

प्रकाशित मिति

२०८१ भाद्र २८ गते, शुक्रबार ०१:०८

भदौ २८ , २०८१ विराटनगर : कोसी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । कांग्रेसका तर्फबाट नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

National Life

सांसद भूपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो । राईले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी र सदानन्द मण्डल पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् । भूमि राजवंशीले भौतिक पूर्वाधार राज्यमन्त्रीको शपथ लिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

हाङ्गाम र मण्डल सभापति शेरबहादुर देउवा समूहका हुन् । राई र राजवंशी नेता कृष्णप्रसाद सिटौलानिकट प्रदेशसभा सदस्य हुन् । नेता डा. शेखर कोइराला समूहबाट कोही पनि मन्त्री बनेका छैनन् ।

प्रतिकृया