• १३ असोज २०८३, मंगलबार
  • १ः४८ राती

मकवानपुरमा भैँसीले बाघ मार्‍यो

प्रकाशित मिति

२०८१ भाद्र ६ गते, बिहीबार ११:०६

भाद्र ६, २०८१ काठमाडौँ: मकवानपुरको मनहरीस्थित एक जना किसानको गोठमा पालेको भैँसीले बाघ मारेको छ । मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको हो ।

National Life

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान भैँसीको प्रतिकारमा बाघ मरेको हो । बाघको आक्रमणबाट भैँसी घाइते भएको छ । यस्तो घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पहिलो हो । मरेको बाघ बुढो र दुब्लो देखिन्छ । निकुञ्जभित्र सिकार गर्न नसकेर आहाराको खोजीमा बाहिर निस्केको हुनसक्छ, उनले भने ।

शव परीक्षणका राष्ट्रिय निकुञ्ज ल्याइएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया