पुँजीबजारमा उत्साह देखिए पनि अर्थतन्त्र लयमा फर्किन सकेको छैन : अध्यक्ष अग्रवाल
प्रकाशित मिति
२०८१ भाद्र ५ गते, बुधबार १२:१२
भाद्र ५, २०८१ काठमाडौँ: नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश कुमार अग्रवालले पुँजीबजारमा उत्साह देखिए पनि अर्थतन्त्र लयमा फर्किन नसकेको बताएका छन । बुधबार बजेट वाच सार्वजनिक सम्वाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
अध्यक्ष अग्रवालले परिसंघले देशको अर्थतन्त्रलाई पहिलो प्राथमिकतामा राखेको र अन्य गतिविधिलाई पनि केन्द्रमा राखेको बताए । उनले आगामी बजेट आत्मानिर्भर हुनु पर्ने बताउदै भने, ‘सरकारले मन्त्रालयगत रुपमा अघि बढाएको बजेटले परिसंघलाई थप उर्जा प्रदान गरेको छ।

विदेशी संचिति र पुँजीबजारमा उत्साह देखिएको छ तर मुलुकको अर्थतन्त्र भने उही अवस्थामा छ । बजारमा माग बढीरहेको छैन । अर्थतन्त्र नै बजारमा अड्किएको हुन्छ । त्यसैले बजार चलाएमान भए अर्थतन्त्र पनि चलाएमान हुन्छ ।’

आर्थिक गतिविधिमा टेवा पुर्याउन सरकारले ल्याएको वार्षिक बजेटले सकारात्मक भुमिका निर्वाह गरेको अध्यक्ष अग्रवालले बताए । उनले देशको आर्थिक विकास गर्ने उद्देशले ‘बजेट वाच’ ल्याएको जानकारी दिदै समग्र देशको अर्थतन्त्रको विकास गर्न सबैजना एक हुनु पर्ने समेत जानकारी दिए ।




प्रतिकृया