• ४ साउन २०८३, सोमबार
  • ९:४४ बेलुका

‘नाडा अटो शो २०२४’ को मुख्य प्रायोजक बन्यो सिप्रदी ट्रेडिङ प्राली

प्रकाशित मिति

२०८१ श्रावण २९ गते, मंगलवार ०१:५२

साउन २९, २०८१ काठमाडौँ: ‘नाडा अटो शो’ को मुख्य प्रायोजक सिप्रदी ट्रेडिङ प्राली बनेको छ । सिप्रदीले ‘नाडा अटो शो’ सबैभन्दा धेरै रकमको सम्झौता गरेको हो । भदौ ११ देखि संचालन हुने शोको अहिले तिब्र तयारी भैरहेको छ ।

आयोजक नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको अनुसार टाइटल स्पोन्सर सिप्रदी ट्रेडिङ प्रालीले गर्ने भएको छ । प्रालीले शोका लागि १५ देखी २० लाख खर्च गर्ने बताइएको छ । एशोसिएसनका अध्यक्ष समेत रहेका सिप्रदीका कार्यकारी अधिकृत (सिइओ) राजनबाबु श्रेष्ठले शोमा मुख्य प्रायोजक बन्न सम्झौता गरेका हुन् ।

Kamana Sewa

भदौ ११ देखी १६ गतेसम्म संचालन हुने शोमा व्यावसायीहरु निकै उत्साहि देखिएका छन् । लामो समयदेखी मन्त्री छाएको अटोमोबाइल क्षेत्रमा बहार आउने व्यवसायीहरुको आशा छ । यो पटकको शोमा चार पाङग्रे तथा २ पाँग्रे सवारीमा विद्युतियले नै चर्चा पाउने बताइएको छ । सबै कम्पनीहरुले नयाँ-नयाँ उत्पादनहरु सार्वजनिक गर्ने तयारी गरेका छन् ।

Classic Tech Desktop

प्रतिकृया